Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

स्कुल बस पल्टिदा पाँच विद्यार्थी घाइते

स्कुल बस पल्टिदा पाँच विद्यार्थी घाइते

सर्लाही : सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, फरिद टोलमा सोमबार विद्यालय बस पल्टिँदा पाँच जना विद्यार्थी र चालक घाइते भएका छन्।

गाउँबाट विद्यार्थी लिएर विद्यालयतर्फ लिएर आउँदै गरेको ईश्वरपुर नगरपालिकास्थित बयलवासमा रहेको माउन्ट कन्चनजङ्घा बोर्डिङ स्कुलको ना. ५ ख. ७३७३ नम्बरको बस अनियन्त्रित भएर धान खेतमा पल्टिएको इलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ ।

दुर्घटनामा बस चालक ३२ वर्षीय रामकरण महतो, विद्यार्थी सात वर्षीया सृष्टी साह, १० वर्षीय सोनुकुमार महतो, सात वर्षीया सनीकुमार महतो, नौ वर्षीया सोनमकुमारी महतो र १३ वर्षीया उषा महतो घाइते भएका छन् ।

घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको केशरगन्जका प्रहरी निरीक्षक उमाकान्त जोशीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट