Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

राजधानीको बुढानीलकण्ठमा स्कुटर र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, ३ घाइते

राजधानीको बुढानीलकण्ठमा स्कुटर र मोटरसाइकल ठोक्किँदा २ को मृत्यु, ३ घाइते

काठमाडौं : काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा आज बिहान मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।प्रहरी प्रभाग बूढानीलकण्ठका अनुसार आइतबार बिहान करिब १:४७ बजे गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३-०२-००२ प ५७२ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल र बूढानीलकण्ठतर्फ आउँदै गरेको बागमती प्रदेश ०२-०४१ प ६८१९ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा गोरखा आरुपोखरी घर भई हाल बूढानीलकण्ठ–८ बस्ने २४ वर्षीय एरिक परियार घाइते भएका छन्। उनको निधार र खुट्टामा चोट लागेको र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, कालो ट्याक र निलो टिसर्ट लगाएका करिब २८–३० वर्षका एक पुरुषको हात र टाउकोमा चोट लागेको छ भने खैरो पाइन्ट र सेतो टिसर्ट लगाएका करिब ३०–३२ वर्षका अर्का युवकको टाउकोमा चोट लागेको छ। दुबै जनाको अवस्था गम्भीर छ र उनीहरूको समेत त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

तर दुर्घटनामा गम्भीर घाइते भएका सिराहा जन्दह–४ घर भएका २९ वर्षीय भोला थापालाई सोही अस्पतालमा उपचारको क्रममा चिकित्सकले २:१५ बजे मृत घोषणा गरेका छन्। त्यस्तै, करिब ३५ वर्षका अझै नाम, थर र ठेगाना नखुलेका एक पुरुषलाई समेत सोही समयमा मृत घोषणा गरिएको प्रहरीले जनाएको छ।दुर्घटनापछि दुबै सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ भने मृतक र घाइतेका आफन्तको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट