Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रोल्पामा जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु

रोल्पामा जङ्गली च्याउ खाएका दम्पतीको मृत्यु

दाङ : रोल्पामा जङ्गली च्याउ खाएका एक दम्पतीको मृत्यु भएको छ ।परिवर्तन गाउँपालिका–२ भलाकाका ८१ वर्षीय भागिराम ओली र उहाँकी पत्नी ७३ बर्सिया नर्मला ओलीको विषालु च्याउ सेवनका कारण मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

भागिरामले मङ्गलवार बारीमा भेटेको च्याउ खाएपछि दम्पती नै बिरामी भएका थिए । सुरुमा गाउँकै मेडिकलमा उपचार गरिएको भए पनि ठिक नभएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ लगिएको थियो । उपचारका क्रममा नर्मलाको शनिवार र भागिरामको आइतबार निधन भएको छोरा मनबहादुरले जानकारी दिनुभयो ।दम्पतीको शव पोस्टमार्टमका लागि प्रतिष्ठानमै राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट