महोत्तरी : जलेश्वर कारागारमा पुर्पक्षमा रहेका एक कैदीबन्दीको उपचारको क्रममा मृत्यु भएको छ ।यसरी मृत्यु हुनेमा गौशाला नगरपालिका– ५ घर भई हाल बर्दिबास नगरपालिका–१४ शुभम वस्ती टोलमा डेरा गरी बस्ने वर्ष ६० को राजकिशोर साह रहेको जिल्ला कारागार महोत्तरीका प्रमुख अशोक कुमार क्षेत्रीले जानकारी दिनुभयो ।
शनिबार राति अचानक बेहोस भएका साहलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वर पुर्याइएको जानकारी दिनुहुँदै कारागार प्रमुख क्षेत्रीले उपचारकै क्रममा उहाँको मृत्यु भएको जानकारी दिनुभयो । उहाँको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij