Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सप्तरीमा करेन्ट लागेर दम्पतीको मृत्यु

सप्तरीमा करेन्ट लागेर दम्पतीको मृत्यु

भारदह(सप्तरी) :  सप्तरीको कञ्चनरुप नगरपालिका–५ पिपराम शनिबार राति करेन्ट लागेर श्रीमान श्रीमतीको मृत्युु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको कञ्चनरुप ५ पिपराका ५० वर्षीय बद्रि सरदार र उहाँकी ४५ वर्षीया श्रीमती बिमला देवी सरदार रहेका छन् । आफ्नै खेतको काम सकेर राति ८ बजे घर फर्कने क्रममा करेन्ट लागेर उहाँहश्रको मृत्यु भएको हो ।

स्थानीय महेन्द्र सदाले हात्तीबाट धान जोगाउन लगाएको जिआई तार तानी जोडेको करेन्ट लागेर घटना स्थलमै दम्पत्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनरूपका डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिनुभएको छ ।

आवश्यक कानुनी प्रक्रिया पुर्‍याएर दम्पत्तिको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट