काठमाडौँमा एकै दिन दुई महिला मृत फेलानेपाल प्रहरीले जानकारी दिएको छ। महानगरपालिका–१४ बल्खुस्थित बालुवा डिपो नजिक अन्दाजी ४५ वर्षीया एक महिला मृत अवस्थामा भेटिएकी प्रहरीले जनाएको छ। सोही दिन महानगरपालिका–२६ गोंगबु मित्रनगर बबालिचोकमा रहेको कञ्चन कोशी होटल एण्ड लजको कोठा नम्बर २०१ मा पनि अन्दाजी २६ वर्षीया एक युवती मृत फेला परेकी छन्।
यस्तै, नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१४ खजुरेटोलस्थित सामाजिक भवनको बरन्डामा अन्दाजी ५० वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएका छन्। तीनवटै घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij