रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरी टोलस्थित कृष्ण मन्दिरमा शनिबार कृष्णजन्माष्टमी मेलाको उद्घाटनलाई लिएर दुई पक्षबिच विवाद चर्किँदा झडप भएको छ। झडपमा परी नगरप्रमुख प्रेमलाल साह कानु सहित पाँच जना घाइते भएका छन्।
नगरप्रमुखको पक्षले मेलाको उद्घाटन नगरप्रमुखकै हातबाट रिबन काटेर गर्ने अडान राखेपछि अर्को पक्षले आपत्ति जनाएको थियो। यही विषयमा वादविवाद बढ्दै गएर हाताहातीको स्थिति उत्पन्न भएको हो।
झडप नियन्त्रण गर्ने क्रममा प्रहरीसमेत घाइते भएका छन्। घटनामा मेयर कानुको टाउकोमा १७ वटा टाँका लागेको छ भने अन्य प्रहरी र स्थानीयलाई सामान्यदेखि मध्यम चोटपटक लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
घाइतेहरूको विवरण:
सबै घाइतेहरूको उपचार गरुडास्थित निजी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। यसैबिच, घटनामा संलग्न भएको आरोपमा स्थानीय राधामोहन साह, विनोद साह र ऋतिक साहलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय गरुडा पठाइएको छ।हाल घटनास्थल शान्त रहेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij