Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

झन्डा फहराउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, पाँचजना घाइते

झन्डा फहराउने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु, पाँचजना घाइते

अछाम :  अछाममा करेन्ट लागेर एकजनाको मृत्यु भएको भने पाँचजना घाइते छन् ।

बान्निगढी जयगढ गाउँपालिका-१, जयगढ बजारस्थित बर्दादेवी मन्दिरनजिक कृष्णजन्माष्टमीका अवसरमा नेपालको राष्ट्रिय झन्डा फहराउने क्रममा उक्त फलामे झन्डाले बिजुलीको तारमा छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा बान्निगढी जयगढ-६ का १८ वर्षीय समीर शाह, १७ वर्षीय विनोद रावत, २० वर्षीय बम शाह, साँफेबगर नगरपालिका-४ का १६ वर्षीय लवशन सुनार र रामारोशन गाउँपालिका-६ का १६ वर्षीय शमशेर साउदको उपचार सोही अस्पतालमा भइरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट