Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

खाल्टाेमा डुबेर बालकको ज्यान गयो

खाल्टाेमा डुबेर बालकको ज्यान गयो

अछाम :  अछामको साँफेबगर नगरपालिका –१, वैजनाथमा डोजरले खनेको खाल्टाेमा डुबेर ११ वर्षीय बालकको ज्यान गएको छ ।

वडा १, बस्ने ललित परियारका ११ वर्षीय छोरा तुसार परियारको डुबेर ज्यान भएको सूर्यचन्द्र मायामिक विद्यालयका प्रधानाध्यापक देवेन्द्रबहादुर शाहले जानकारी दिनुभयो ।

विहान विद्यालय जानुअघि घरनजिक रहेको बुढीगंगा नदीको किनारामा नुहाउन गएका थिए । नुहाउने क्रममा डोजरले खनेको खाल्टाेमा परेर ज्यान गएको थियो । मृतक बालक सूर्यचन्द्र माविमा ४ कक्षामा अध्ययनरत रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट