Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बगैँचामा भेटियो ९८ किलो गाँजा

बगैँचामा भेटियो ९८ किलो गाँजा

सप्तरी : सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका-११, नयाँटोलस्थित बिहुल खोला नजिकैको बगैँचाबाट करिब ९८ किलोग्राम गाँजा बरामद भएको छ।

साउन ३० गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म पातो र नेपाल प्रहरीको संयुक्त टोलीले विशेष सूचनाको आधारमा उक्त स्थानमा छापा मारेको थियो। त्यस क्रममा बेवारिसे अवस्थामा ५ वटा पोकाभित्र राखिएको गाँजा फेला परेको हो।

बरामद गरिएको गाँजालाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाइएको छ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट