नवलपुर : घरायसी विवादका कारण श्रीमान श्रीमती बीच विवाद हुँदा धारिलो हतियार प्रहार गरी श्रीमानले श्रीमतीको हत्या गरेका छन् । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ३ उदयटारी निवासी ५० बर्षीय महेन्द्र पौडेलले घरायसी विवादमा आफ्नै श्रीमती ४७ बर्षीया गोमा पौडेलको हत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार आज विहान साढे १० बजेतिर उनले तरकारी काट्ने चक्कुले आफ्नै श्रीमतीको घाँटी रेटी हत्या गरेका हुन् ।हत्यामा सम्लग्न श्रीमान महेन्द्र पौडेललाई चक्कु सहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दुम्किबासका प्रहरी नायव निरिक्षक ज्ञानप्रसाद काफ्लेको नेतृत्वमा प्रहरी टोली घटना स्थल पुगेको प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।घटना स्थल अस्थायी प्रहरी चौकी सर्दीबाट २ कि.मी. पूर्वमा पर्दछ । घटना बारे थप अनुसन्धान भईरहेकाे हत्याको यथार्थ कारण खुल्न बाँकी रहेको नवलपुर प्रहरीले जनाएको छ ।मृतक गोमा ग्रिन फाउण्डेशन नेपाल नवलपुरका जिल्ला उपाध्यक्ष हुन् ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij