Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

खाल्टाेमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु

खाल्टाेमा जमेको पानीमा डुबेर बालिकाको मृत्यु

धनगढी :  कैलालीमा खाल्टाेमा जमेको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका–६ बाहुनपुरकी दुई वर्ष छ महिनाकी बालिका पूर्णिमा चलाउनेको खाल्टाेमा डुबेर ज्यान गएको हो ।

बिहीबार घर नजिकको खाल्डोमा डुबेर बालिकाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रदेशमा पानीमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या भयावह छ । प्रदेश प्रहरी कार्यालयका अनुसार पछिल्लो दुई वर्षमा मात्रै डुबेर १३० जनाले ज्यान गुमाएका छन् । डुबेर ज्यान गुमाउनेमा सबैभन्दा बढी बालबालिका छन् । डुबेर ज्यान जाने घटना धेरैजसो कैलाली र कञ्चनपुरमा भइरहेको प्रहरी तथ्याङ्कले देखाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट