Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

११५ केजी बुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिक ठमेलबाट पक्राउ

११५ केजी बुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिक ठमेलबाट पक्राउ

काठमाडौँ : प्रहरीले काठमाडौँ महानगरपालिका–१७ स्थित ठमेलबाट ११५ केजी बुद्धचित्तको दानासहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको हेनान प्रदेश घर भएका ४६ वर्षीय लिउ जिङताओ र २३ वर्षीय लिउ स्याओस्वाई छन् ।

आरोपीहरूको साथबाट ११५ केजी बुद्धचित्तको दाना र १२ लाख ७० हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले बताए । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले उनीहरूलाई ठमेलस्थित जेपी मोडमा रहेको चिनियाँ होटलबाट पक्राउ गरेको हो ।

आरोपीहरू बाबुछोरा हुन् । काठमाडौँमा पर्यटक भिसामा बसेर उनीहरूले अवैध काम गर्ने गरेको बताइएको छ । उनीहरूले अवैध तरिकाले बुद्धचित्तको दाना सङ्कलन गरेर राखेको भेटिएको छ । आरोपीहरूमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट