सिरहा : सिरहा जिल्लाको धनगढी माई नगरपालिका–१०, बाबुराम खोलाको किनारमा १/२ दिनको जस्तो देखिने नवजात शिशु (बालक) मृत अवस्थामा फेला परेको छ।आज बिहान करिब ९:०० बजे स्थानियवासी मार्फत प्राप्त सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक दिलीप कुमार सिंहको कमान्डमा खटिएको प्रहरी टोलीले शिशुको शव खोलाको डिलमा कपडामा बेरिएको अवस्थामा फेला पारेको हो।
शिशुको शव हालसम्म बेवारिसे अवस्थामा रहेको र सोही स्थानमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ।घटनाको थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय लहानबाट प्रहरी निरीक्षक शिव कट्टेलको नेतृत्वमा SOCO टोली घटनास्थलमा खटिएको छ।शिशु फाल्ने व्यक्तिको खोजी तथा पहिचान गर्ने कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij