Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

विदेश पठाउने भन्दै ठगेको आरोपमा ४ जना पक्राउ

विदेश पठाउने भन्दै ठगेको आरोपमा ४ जना पक्राउ

काठमाडौँ : वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगेको आरोपमा प्रहरीले चार जनालाई काठमाडौँबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा घर भएकी ४३ वर्षीया अञ्जु कोइराला, भक्तपुर बस्दै आएका १९ वर्षीय आभास कोइराला, रामेछाप घर भएकी ३० वर्षीया चित्र कुमारी बस्नेत र दाङ घर भएका ४९ वर्षीय सुनिल बिक छन् ।

आरोपीहरूलाई उपत्यकाको विभिन्न ठाउँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । अञ्जुले माल्टा पठाउँछु भनेर ३ जनालाई ठगी गरेको भेटिएको छ ।

चित्र कुमारी बस्नेतले मौरिसस पठाउने सपना देखाएर २२ लाख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आभास कोइरालाले १३ लाख र सुनिल विकले अमेरिका पठाउँछु भनेर ५६ लाख १५ हजार रुपैयाँ ठगी गरेको अनुसन्धानबाट थाहा भएको एसपी आचार्यले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट