Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बलान नदीमा नुहाउने क्रममा १४ वर्षीय बालक बेपत्ता

बलान नदीमा नुहाउने क्रममा १४ वर्षीय बालक बेपत्ता

सिरहा : सिरहाको सखुवान्नकारकट्टी गाउँपालिका-३, परीयारपुरका घनश्याम यादवका १४ वर्षीय छोरा घनश्याम कुमार यादव बलान नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन्।स्थानीयका अनुसार मंगलबार दिउँसो साथीहरूसँग नदीमा नुहाउन गएका थिए। नुहाउने क्रममा उनी पानीको तीव्र बहावमा हराएका हुन्।

घटना लगत्तै स्थानीयवासी र प्रहरीको टोलीले खोजी कार्य जारी राखेका छन्। अहिले पनि उद्धार टोली नदीको आसपास क्षेत्र तथा सम्भावित स्थानमा खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी वीरेन्द्र पासवानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट