Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कैलाली घटना : अर्का घाइतेलाई पनि काठमाडौँ ल्याइँदै

कैलाली घटना : अर्का घाइतेलाई पनि काठमाडौँ ल्याइँदै

काठमाडौँ  :  कैलालीको धनगढी स्थित कारागारमा झडप हुँदा गम्भीर घाइते भएका अर्का एक जनालाई पनि काठमाडौँ ल्याउन लागिएको छ । शुक्रबार राति कैदी बन्दीबिच झडप हुँदा एक जनाको मृत्यु भएको थियो । ४७ जना घाइते भएका छन् ।

सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका कर्ण सलामी मगरलाई थप उपचारको लागी काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी राजकुमार सिंहले रातोपाटीलाई बताए । उनले भने– ‘विमानमार्फत काठमाडौँ पठाउने तयारी गरिरहेका छौँ ।’

शनिबार एक जनालाई उपचारको लागि काठमाडौँ ल्याइएको थियो । गृहमन्त्री रमेश लेखकले शनिबार कैलाली घटनाबारे तिनवटै सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरेका थिए । घटना छानबिन गर्न समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट