बर्दिया : बर्दियाको खौराहा खोलामा पौडी खेल्ने क्रममा गोहीको आक्रमणपछि बेपत्ता किशोरको फेला परेको छ।
खोजी गर्ने क्रममा घटनास्थलदेखि झन्डै साढे २ किलोमिटर दक्षिणमा शव पाँच दिनपछि शव फेला परेको हो।
जिल्लाको ठाकुरबाबा नगरपालिका–९ हात्तीसार नजिकै मंगलबार मधुवन नगरपालिका–१ कैलाशीका १९ वर्षीय रुप मिलन थारुलाई पौडी खेल्ने क्रममा मगर गोहीले आक्रमण गरेको थियो ।
राष्ट्रिय निकुञ्जका दुई वटा हात्तीहरुको प्रयोग गरी नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीयसमेत थारुलाई गोहीले आक्रमण गरी बेपत्ता पारेको दिनदेखि नै निरन्तर खोजी गर्दै आएका थिए।
बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सरोजमणि पौडेलले थारुको शव अंगभंग भएको, शरीरका दुईवटा हात र एउटा खुट्टा नभएको अवस्थामा शनिबार दिउँसो फेला परेको बताए।
थारु साथीहरुसँगै गत मंगलबार हात्तीसार नजिकको खोलामा पौडी खेल्न गएको समयमा मगर गोहीले आक्रमण गरेको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij