Logo

Oct 17 2026 | २०८३, कार्तिक १गते

स्याङजामा जिप दुर्घटना, तीन जना गम्भीर घाइते

स्याङजामा जिप दुर्घटना, तीन जना गम्भीर घाइते

स्याङ्जा : स्याङ्जाको वालिङमा भएको जिप दुर्घटनमा तीन जना गम्भिर घाईते भएका छन् । वालिङ बजारबाट वालिङ नगरपालिका–१२ लाम्पाते जाँदै गरेको ल १ च ६२५३ नम्वरको जीप वालिङ–१४ को छोरेखर्कमा शनिबार साँझ दुर्घटनामा परेको हो ।

जिप सडकबाट २५ मिटर जती तल झरेको वालिङ नगरपालिका–१४ का वडा अध्यक्ष बोधराज कुँवर (राजु)ले जानकारी दिनुभयो । घाईतेहरुले उद्धार गरी उपचारका लागि गह्रौं प्राथमिक अस्पताल पठाइएको उहाँको भनाई छ ।

दुर्घटनामा परी वालिङ नगरपालिका–१२ का २२ बर्षीय सागर सुनार, सोही ठाउँका ३८ बर्षका ओविन गोतामे र जिपका चालक देवदह नगरपालिका–२ खैरेनीका मदन पुरी घाईते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रशन्न राज चौधरीले जानकारी दिनुभयो ।घाईतेको थप उपचारका लागि पोखरा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij