काठमाडौं : काठमाडौंमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।जिल्लाको तारकेश्वर नगरपालिका–४ पुरानो गुहेश्वरी बस्ने धादिङ गल्छी गाउँपालिका–८ स्थायी घर भएका २४ वर्षीय राजन भुजेलको करेन्ट लागेर मृत्यु भएको हो ।
नेटको तार तान्नका लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर शुक्रबार गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij