Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

१० रुपैयाँ दिएर ११ वर्षीया बालिकामाथि बलात्कार

१० रुपैयाँ दिएर ११ वर्षीया बालिकामाथि बलात्कार

वीरगन्ज : पर्सा जिल्लामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन् । बाख्रा चराउन गएकी ११ वर्षीया बालिकालाई १० रुपैयाँ दिएर ललाइफकाइ गरी बलात्कार गरेको आरोपमा पर्सा ठोरी गाउँपालिका-२ तीनघरे बस्ने ४६ वर्षीय अशोक साह पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गत साउन २१ गते आरोपित साहले ठोरीको जङ्गलमा बलात्कार गरेको जाहेरी आएको थियो, सोही आधारमा उनलाई पक्राउ गरिएको हो । साहलाई ठोरी गाउँपालिका वडा नम्बर २ कै घरबाट पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालका अनुसार उनलाई जिल्ला अदालत पर्साबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट