काठमाडौं : कालिकोटमा आज बिहान जिप दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
जिल्लाको खाँडाचक्र नगरपालिका-१० गोलुवामा कर्णाली प्रदेश ०२-००१ च ०२७६ नम्बरको फोर्स जिप दुर्घटनामा परेको हो ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाइको छ । घाइतेहरूको उपचार जिल्ला अस्पतालमा भईरहेको छ ।
उनीहरूको पहिचान भने खुल्न सकेको छैन । जिप सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij