Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु

ललितपुरमा केटा साथीको घरमा गएकी किशोरीको मृत्यु

काठमाडौं  : केटा साथीको घरमा गएकी एक किशोरीको मृत्यु भएको छ ।

प्रहरीकाअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका–३ बोझेपोखरी बस्ने १८ वर्षीय केटा साथीको घरमा ती किशोरी बुधबार दिउँसो गएकी थिइन् ।

सोही क्रममा बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता चक्रराज जोशीले बताए ।

अहिले मृतक किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ । किशोरीको शव पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ । मृतक किशोरी पनि १८ वर्षकै रहेको प्रहरीले बताएको छ ।

उनीहरू प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट