बर्दिया : ५० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियामा एक जना पक्राउ परेका छन् । बढैयाताल गाउँपालिका-६ खल्ला गाउँ बस्ने ४२ वर्षीय दिनेश थारुलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
थारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij