Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न दिएको आदेश विरुद्ध सरकार सर्वोच्च जाने

दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न दिएको आदेश विरुद्ध सरकार सर्वोच्च जाने

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय सर्वोच्च अदालत जाने भएको छ ।महान्यायाधिवक्ता कार्यालयले आदेश अध्ययन गरी रायसहितको प्रतिवेदन पेश गर्न उच्च सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएको हो।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता उद्धव पुडासैनीले उक्त आदेश प्रचलित कानून र न्यायको मान्य सिद्धान्त विपरीत भएकाले आदेश बदरको माग गरेर आफूहरु सर्वोच्च जाने बताए ।त्यसका लागि आदेश र अरु फाइल अध्ययन गरी राय पेश गर्न महान्यायाधिवक्ता कार्यालयले उच्च सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएको थियो ।

१५ चैतमा भएको राजावादी आन्दोलनसँग जोडिएको मुद्दा र बैंकिङ कसुर दुवैमा उनलाई उच्च अदालत पाटनले आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

तीनकुने घटनामा प्रसाईँसँग उच्च अदालतले ३ लाख मात्रै धरौटी माग गरेको थियो।तर, बैंकिङ कसुरसम्बन्धी मुद्दामा भने २५ लाख रुपैयाँ धरौटी माग गरेको थियो। बैंकिङ कसुरमा उनीविरूद्ध १८ करोड ४४ लाख रूपैयाँ बिगो थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट