Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

कावासोतीमा बस पल्टिँदा १५ जना घाइते

कावासोतीमा बस पल्टिँदा १५ जना घाइते

नवलपुर : नवलपुरमा भएको बस दुर्घटनामा १५ जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर्गत डण्डाबाट नारायणघाटतर्फ जाँदै गरेको ना ७ ख १५७६ नम्बरको बस कावासोतीको खरकट्टा जंगलमा दुर्घटना भएको प्रहरीले जनाएको छ । चालकले नियन्त्रण गुमाई बस सडक छेउमा पल्टिँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

बसमा सवार ३० जना यात्रुमध्ये १५ जना घाइते भएको र घाइतेहरुलाई उद्दार गरी उपचारको लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा तथा गम्भीर घाइतेलाई पुरानो मेडिकल कलेज चितवन पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो ।

नयाँ फराकिलो बनेको सडकमा तीव्र गति तथा लेन नभएका कारण यहाँ दुर्घटना बढिरहेको देखिएको छ । दायाँबायाँ मोड्नका लागि स्पष्ट सडक संकेत नराखिएका कारण पनि दुर्घटना हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट