Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

दुर्घटनामा परेका ५ जनाको उद्दार, १ जनाको उपचार चितवनमा

दुर्घटनामा परेका ५ जनाको उद्दार, १ जनाको उपचार चितवनमा

गोरखा : चितवनको नारायणघाटबाट गोरखा जाँदै बस दुर्घटनामा परी फसेका ५ जनालाई उद्दार गरिएको छ । उद्दार गरिएकाहरु मध्ये १ जना महिलालाई उपचारको लागि चितवन लगिएको छ ।अरु यात्रुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।नारायणगढबाट गोरखा सदरमुकामतर्फ जाँदै गरेको बस तनहुँको ऐना पहरामा दुर्घटनामा परेको हो ।

आँबुखैरेनी गाउँपालिका–२ को ऐना पहरामा दिउसो ४ः२० बजेको समयमा ग २ ख १०७७ नम्बरको बस दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको हो । दुर्घटनामा परेको बसबाट हालसम्म ५ जनाको सकुशल उद्वार गरिएको छ ।

चितवन लगिएकी महिला शहीद लखन गाउँपालिका–६ की अन्दाजी बर्ष ४१ की सिनु थापा भएको प्रहरीले जानकारी दिएको छ । सोही दुर्घटनामा गोरखा नगरपालिका–९ का ५४ बर्षीय सनबहादुर गुरुङ समेत घाइते भएका छन् ।

उनको टाउकोमा चोट लागेको छ । उद्वार गरिएका मध्ये ४ जनाको आँबुखैरेनी स्थित अस्पतालमा उपचार जारी रहेको छ ।बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।चालकले दिएको बिवरणका आधारमा प्रहरीले बसको अगाडिको भागमा केही यात्रु च्यापिएको अनुमान गरेर उद्दार तथा बसलाई क्रेनले तान्ने तयारी गरेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट