Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ललितपुरमा श्रीमतीको हत्याको आरोपमा, श्रीमान पक्राउ

ललितपुरमा श्रीमतीको हत्याको आरोपमा, श्रीमान पक्राउ

काठमाडौं : ललितपुरको गोदावरी नगरपालिका–१४ ठैबमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले मृतकको श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय निरज खड्गी छन् । उनले श्रीमती कमलामाया खड्गीको हत्या गरेकाले पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।

शनिबार बेलुका दुबै जनाले मदिरा पिएको र त्यसपछि विवाद भएपछि हत्या गरेको पाइएको एसएसपी अधिकारीको भनाइ छ । निरजले कमलाको घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । हत्या भएको जानकारी पाएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले नै श्रीमान निरजलाई घेरा हालेर राखेको अवस्थामा प्रहरी पुगेर पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट