भरतपुर : माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–२३ केरुङ्गा खोलामा माछा मार्न गएका स्थानीय ५० वर्षीय भीमबहादुर दराई बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार शनिबार साँझ माछा मार्न गएका उनी खोलामा बेपत्ता भएका हुन् । बेपत्ता दराईको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij