Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सामान्य विवादपछि दाइको खुकुरी प्रहार, भाइको मृत्यु

सामान्य विवादपछि दाइको खुकुरी प्रहार, भाइको मृत्यु

ताप्लेजुङ : ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा दाइले भाइको हत्या गरेका छन् ।जिल्ला प्रहरी कार्यालयका प्रमुख डिसपी बेदप्रसाद गौतमका अनुसार आठराई त्रिबेणी गाउँपालिका वडा नं ४ चाँगेका २२ वर्षीय मनकुमार विकले आफ्नै भाइ २० वर्षीय रोशन विकको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन् ।

दाइ मनकुमारले भाइ रोशनलाई खुकुरीले पेटमा प्रहार गरी निर्मम हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले मनकुमारलाई खुकुरीसहित नियन्त्रणमा लिएको जनाएको छ।दाइ मनकुमार र भाइ रोशनबिच गमबुटका विषयमा सामान्य विवाद भएको खुलेको छ । प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट