Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ

श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ

पाँचथर : पाँचथरमा श्रीमतीको हत्या गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । २२ वर्षीया अनु राईको हत्या गरेको अभियोगमा फालेलुङ गाउँपालिका–७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

फिदिम नगरपालिका–१ नाम्दुस्थित ससुराली घरमा बिहीबार राति महेन्द्रले कोदालोको पासो प्रहार गर्दा अनु गम्भीर घाइते भएकी थिइन् । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पठाएको थियो ।

उनको बीएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा मृत्यु भएको थियो । साथै सोही कार्यालयबाट खटिएको प्रहरीले महेन्द्रलाई फिदिम नगरपालिका–६ गोले गाउँबाट पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट