Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ठमेलबाट गुन्डा नाइके सानुभाइ पक्राउ

ठमेलबाट गुन्डा नाइके सानुभाइ पक्राउ

काठमाडौं : राजधानीको ठमेलस्थित नगरकोट दोहोरी साँझमा झैझगडामा संलग्न रहेको आरोपमा कुख्यात ‘गुन्डा नाइके’ युवराज गुरुङ उर्फ सानुभाइ पक्राउ परेका छन् ।जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार राति भएको झैझगडापछि गुरुङलाई नियन्त्रणमा लिइएको हो ।

गुरुङ ठमेल क्षेत्रमा लामो समयदेखि अपराधिक गतिविधिमा संलग्न रहँदै आएका छन् । सोही क्रममा नगरकोट दोहोरी साँझमा उनी संलग्न समूहले विवाद चर्काएपछि स्थानीयको सूचनाका आधारमा प्रहरी पुगेको थियो ।

त्यसक्रममा सानुभाइलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । हाल उनलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।गुरुङमाथि यसअघि पनि विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ । यस्तै २०८० सालको माघमा पनि ठमेलस्थित छायाँ सेन्टरको पार्किङ लटमा गुरुङसहितको समूहले एक पुरूषमाथि कुटपिट गरेको थियो ।

सानुभाइसहित ७ जनाविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा ज्यान मार्ने उद्योगको कसुरमा किटानी जाहेरी परेको थियो ।उनी त्यसभन्दा अगाडी २०८० सालको असारमा ओम्निया क्लबमा सञ्चालक राजेन्द्र गुरुङसहित केही कर्मचारीहरुलाई कुटपिट गरेको आरोपमा पक्राउ परी १० हजार धरौटीमा छुटेका थिए ।उनको समूहले ठमेलको नाइट क्लब ओम्नियामा प्रवेश गरेर सञ्चालक राजेन्द्र गुरुङ र बाउन्सरलाई कुटपिट गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट