Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

सर्लाहीमा महिलाको शव फेला

सर्लाहीमा महिलाको शव फेला

सर्लाही : सर्लाहीको बागमती नगरपालिका वडा नम्बर १२ स्थित पर्यटकीय स्थल भरत तालमा एक महिलाको शव फेला परेको छ । बुधबार दिउँसो ती महिलाको शव फेला परेको हो ।

स्थानीयले तालमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बलिस्टार सिंहले शव फेलाको खबरसँगै घटनास्थलमा प्रहरी टोली खटाइएको बताएका छन् ।

हरिवन इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक चन्द्र अधिकारीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली पुगेर तालबाट ती महिलाको शव निकालेको छ ।महिलाको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शव शङ्कास्पद देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट