Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

पानी नपरेपछि सांसदलाई नै हली बनाए स्थानीयले !

पानी नपरेपछि सांसदलाई नै हली बनाए स्थानीयले !

काठमाडौं : सर्लाहीको ईश्वरपुर नगरपालिका–९ रामनगरका स्थानीयले जनप्रतिनिधिलाई नै हली बनाएका छन्।स्थानीयले सर्लाही क्षेत्र निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित सांसद रामप्रकाश चौधरी र मधेश प्रदेशसभा सदस्य उर्मिला सिंहलाई आज गाउँमै हलो जोत्न लगाएका हुन् ।

स्थानीय थारू समुदायमा लामो समयसम्म पानी परेन भने गाउँका महाजन, पटवारी र मुखियाजस्ता गन्यमान्यलाई त्यसरी पक्राउ गरी हलो जोत्न लगाउने प्राचीन परम्परा हो ।खडेरी पर्दा स्थानीयले सांसद मात्रै होइन वडाअध्यक्षलगायतका गन्यमान्यलाई समेत हली बनाएर रोपाइँको नक्कलको अभ्यास गराएका थिए ।

सांसदहरुलाई हली बनाएका स्थानीय महिलाहरू भने हल गोरु बनेर हलो तानेका थिए । लामो समयदेखि वर्षा हुन नसकेपछि उनीहरुले यस्तो गरेका हुन् ।सो समुदायमा यसरी हलो जोतेपछि इन्द्रदेवता खुसी हुने र पानी पर्ने विश्वास रहिआएको छ ।

महिलाहरूले दुवै सांसदलाई घरबाटै पक्राउ गरेर खेतमा पुर्यायका थिए । हलो जोत्ने क्रममा हलीको भूमिकामा रहेका जनप्रतिनिधिलाई गोरुको भूमिकामा जुवामा नारिएका महिलाले गोरुले झैँ लात्तीले हिर्काउने र रनफन पारेको सांसद चौधरीले बताए।मधेश प्रदेशमा लामो समयदेखि वर्षा कम हुँदा सुक्खापन बढेर धान रोपाइँ प्रभावित बनेको छ ।

‘मनसुन अनुकूल नहुँदा बीउ डढेको र रोपिएका धानका रोपो चिराचिरा परिसकेको सांसद चौधरीले बताइन् ।कृषि विभागका अनुसार गत वर्षको तुलनामा मधेश प्रदेशमा यस वर्ष ४०.१८ प्रतिशत कम रोपाइँ भएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट