Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

हाइड्रोको उद्घाटनमा हिंडेका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किए

हाइड्रोको उद्घाटनमा हिंडेका दुई मन्त्री सवार गाडी आपसमा ठोक्किए

काठमाडौं : सुदूरपश्चिम प्रदेशका दुई जना मन्त्री सवार गाडी एक आपसमा ठोक्किएका छन् ।मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन् ।

कैलाली जानकी गाउँपालिका–९ मा निर्मित कटासे हाइड्रोपावरको उद्घाटन कार्यक्रममा जाने क्रममा कार्की चढ्ने से १ झ ३३० र पाल चढ्ने बा २ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, कैलालीले जनाएको छ ।दुर्घटानामा मानवीय क्षति नभए पनि गाडीमा भने क्षति भएको प्रहरीले जनाएको छ ।सोही कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि चिसापानी पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट