Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

मोटरसाइकल चोरीमा संलग्न दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरीमा संलग्न दुई जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ : काठमाडौँ महानगरपालिका-७ उमाकुण्डबाट सोमबार मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रामेछापको सेनापति गाउँपालिका २ घर भएका ४० वर्षीय गहनसिंह तामाङ र सेनापति गाउँपालिका ३ घर भएका ३४ वर्षीय प्रकाश भन्ने तेज बहादुर तामाङ रहेका छन् ।

वास्तविक नम्बर बागमती प्रदेश ०२-०५३ प ३७ ८२ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०५२ प ३६ ५७ राखी चलाइरहेको अवस्था फेला पारी दुवै जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

उक्त मोटरसाइकल काभ्रेपलान्चोकको चौरी देउराली गाउँपालिका ५ घर भई हाल काठमाडौँको नयाँ बानेश्वर बस्ने राम बहादुर गौतमले काठमाडौँ महानगरपालिका ३१ प्रयागमार्गबाट हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए ।

मोटरसाइकल सहित नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट