Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एक वर्षमा ७ हजार ८९० लागुऔषध कारोबारी र प्रयोगकर्ता पक्राउ

एक वर्षमा ७ हजार ८९० लागुऔषध कारोबारी र प्रयोगकर्ता पक्राउ

काठमाडौँ : पछिल्लो एक वर्षमा ७ हजार ८९० जना लागुऔषध कारोबारी र प्रयोगकर्ता पक्राउ परेका छन् । आर्थिक वर्ष २०८१–०८२ मा ७ हजार ८९० जना लागुऔषध मुद्दामा संलग्नहरूलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी घिमिरेले भने, ‘लागुऔषधको मुद्दामा संलग्नहरू सबैभन्दा धेरै कोशी प्रदेशमा पक्राउ परेका छन् ।’पछिल्लो आर्थिक वर्षमा कोशीमा २ हजार २०३ जना लागुऔषध मुद्दामा संलग्नहरू पक्राउ परेका हुन् । सो अवधिमा प्रहरीले देशभरबाट ४७ केजी हेरोइन बरामद गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट