काठमाडौँ : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ हेवी चोकबाट शनिबार राति ८ः३० बजे सशस्त्र प्रहरीले ठुलो परिमाणको लागूऔषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा लिइएकाहरूमा भारत घर बताउने ४३ वर्षीय शेख सपुर, १९ वर्षीय निसाव आलम, २५ वर्षीय ओसिम अहमद र २४ वर्षीय शेख गजुर छन् ।
भारतको सुगौलीबाट पर्साको बीरगंज हुँदै काठमाडौँतर्फ आउँदै गरेको बीआर ०५ पीए ९०९३ नम्बरको भारतीय स्कारपियो गाडीको तीन वटा ढोकामा फल्स बटम बनाई ल्याउँदै गरेको लागूऔषधसहित उनीहरूलाई विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस कुलेखानीबाट सशस्त्र प्रहरी निरीक्षक अमृत थापाको कमान्डमा खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरूमध्ये २४ वर्षीय शेख गजुर उक्त गाडीको चालक रहेका छन् ।
बरामद लागूऔषधमा नोफिन २ हजार ४ सय वटा, डाईजेपाम २ हजार ४ वटा, प्रोमेथाईजन हाईड्रोक्लोराईट २ हजार ४ सय वटा र ट्रमाडोल हाईड्रोक्लाराईड क्याप्सुल ५ वटा रहेको छ ।उक्त लागूऔषध उनीहरुले कसरी के प्रयोजनको लागि ल्याइएको हो भन्ने खुलाउन सकेका छैनन् । नियन्त्रणमा लिएकाहरूलाई बरामद लागूऔषध तथा गाडीसहित आवश्यक कारबाहीको लागि इलाका प्रहरी कार्यालय भिमफेदीमा बुझाइएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij