Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रेष्टुरेन्टमा काम गर्ने २२ वर्षीया युवतीको हत्या , सँगै काम गर्ने प्रकाश सुनार पक्राउ

रेष्टुरेन्टमा काम गर्ने २२ वर्षीया युवतीको हत्या , सँगै काम गर्ने प्रकाश सुनार पक्राउ

नेपालगन्जस्थित एक रेष्टुरेन्टमा काम गर्ने २२ वर्षीया युवतीको सहकर्मीले हत्या गरेको घटना बाहिर आएको छ।दैलेख घर भएकी र बीपी चोकस्थित सुनाखरी रेष्टुरेन्टमा वेट्रेसका रूपमा कार्यरत निर्मला थापाको नेपालगन्जकै स्वस्तिक कटेजमा क्याप्टेनको रूपमा कार्यरत बर्दिया घर भएका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरेको प्रहरीले जनाएको छ।

गत बुधबार बेलुकी बेलासपुरस्थित वडानं १२ मा निर्मलाको घाँटीमा सलले बेरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। हत्या गरेपछि प्रकाशले निर्मलाको बहिनीलाई फोन गरी “तिम्रो दिदीलाई मैले मारेँ” भनेका थिए। त्यसपछि उनले आफन्त र साथीहरूलाई भेटी अन्तिम बिदाइ गर्दै राति करिब २ बजे जिल्ला प्रहरी कार्यालय बाँकेमा आत्मसमर्पण गरेका थिए। प्रहरी टोली घटनास्थल पुगेपछि कोठामा निर्मलाको शव फेला परेको हो। पोस्टमार्टम शुक्रबार मात्र गराइएको छ, किनकि पीडित परिवार त्यस दिन नेपालगन्ज आइपुगेका थिए।

प्रकाश विवाहित रहेका छन्। उनकी श्रीमती र दुई सन्तान बर्दियामा बस्दै आएका छन्। परिवारका अनुसार, प्रकाशले विगत ३ वर्षदेखि निर्मलासँग बेलासपुरमा बसोबास गर्दै आएका थिए र निर्मलालाई आफू अविवाहित भएको विश्वास दिलाएका थिए।प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया :

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट