Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

भरुवा बन्दुकसहित २ जना पक्राउ

भरुवा बन्दुकसहित २ जना पक्राउ

कैलाली : कैलालीमा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् । शुक्रबार इलाका प्रहरी कार्यालय मालाखेती र प्रहरी बिट स्याउलेबाट खटिएको प्रहरीको संयुक्त गस्ती टोलीले गोदावरी नगरपालिका ८ का राजु चौधरी र सोही ठाउँका चन्द्रबहादुर चौधरीको घर खानतलासी गर्दा २ थाना भरुवा बन्दुकसहित २ जनालाई पक्राउ गरेको हो ।

राजुको घरबाट बन्दुकसहित चित्तलको सिङ र खुट्टाको आधा भाग समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह–प्रवक्ता लोकराज जोशीले जानकारी दिए । बन्दुकसहित पक्राउ परेका २ जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट