Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

एक वर्षको अवधिमा रौतहटमा करेन्ट लागेर २७ जनाको मृत्यु

एक वर्षको अवधिमा रौतहटमा करेन्ट लागेर २७ जनाको मृत्यु

रौतहट : करिब एक वर्षको अवधिमा रौतहटका करेन्ट लागेर २७ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०८१/०८२ र चालु आर्थिक वर्षको हालसम्मको अवधिमा उक्त संख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

जसअनुसार गत आर्थिक वर्षमा २३ जनाको मृत्यु भएको थियो भने चालु आर्थिक वर्षको सुरूवातसँगै हालसम्म करेन्ट लागेर ४ जनाले ज्यान गुमाइसकेका छन्।घटनाको गम्भीरतालाई मध्यनजर गर्दै प्रहरी कार्यालयले विभिन्न सावधानी अपनाउन सर्वसाधारणमा अनुरोध गरेको छ। जिल्ला कार्यालयद्वारा जारी विज्ञप्तिमा खाली खुट्टा वा पानी जमेको स्थानमा बिजुलीका काम नगर्न, मर्मत कार्यको लागि प्रमाणित प्राविधिकको मात्र सहारा लिन र झुल्ने तार वा असुरक्षित तारको प्रयोग नगर्न आग्रह गरिएको छ।

बालबालिकालाई विशेष ध्यान दिनु पर्ने उल्लेख गर्दै प्रहरीले साना बालबालिकाले सजिलै छुन सक्ने स्थानमा विद्युतीय सामग्री नराख्न सुझाव दिएको छ।त्यस्तै, खेतमा सिँचाई गर्न सिँचाई मिटर प्रयोग गर्न, रातको समयमा बिजुलीको काम नगर्न र पोलबाट हुकिङ प्रणालीमार्फत विद्युत चोरी नगर्न पनि चेतावनी दिइएको छ।

प्रहरीले सामान्य काम गर्दा समेत हल्का हुन सक्ने वा खुला लाग्ने स्थानमा तार वा स्विच नराख्न अनुरोध गर्दै नागरिकको सुरक्षाका लागि जनचेतना आवश्यक भएको जनाएको छ।

1000300939

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट