Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

बैदेशिक रोजगारी पठाई दिन्छु भनी ठगी गर्ने पक्राउ

बैदेशिक रोजगारी पठाई दिन्छु भनी ठगी गर्ने पक्राउ

गोरखा : वैदेशिक रोजगारीमा पठाइदिन्छु भनेर रकम ठगी गरेको आरोपमा प्रहरीले गोरखाकी १ जना महिलालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बार पाक सुलिकोट गाउँपालिका–४ सौरपानीकी २९ बर्सिया जुनु राना थापा मगर भएको प्रहरीले पुष्टि गरेको हो ।

गोरखा घर भएकी उनी काठमाडौँ महानगरपालिका–१५ बस्दै आएकी जुनुले आकर्षक रोजगारीमा स्लोभाकिया पठाइदिन्छु भनेर ३ लाख १० हजार लिएर सम्पर्क विहीन भएपछि पीडितको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाएको छ ।पक्राउ परेकी जुनुलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचलमा बुझाएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट