Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

अवैध लागूऔषधसहित एक महिला पक्राउ

अवैध लागूऔषधसहित एक महिला पक्राउ

उदयपुर : इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–८ बबलाबाट एक महिलालाई अवैध लागुऔषधसहित पक्राउ गरेको छ । सोही स्थान बस्ने ४५ वर्षीय देवकुमारी थापामगरलाई बुधबार ३० केजी ३६० ग्राम प्रतिबन्धित लागूऔषध गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ परेकी मगरले आफ्नै घरमा भण्डारण गरी राखेको उक्त प्रतिबन्धित लागू औषध गाँजा बरामद गरी निजलाई इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट