Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

नेपाल-भारत सिमा मैनाथपुरमा विवाद, एसएसबीले गोली चलायो

नेपाल-भारत सिमा मैनाथपुरमा विवाद, एसएसबीले गोली चलायो

जनकपुरधाम : नेपाल–भारत सीमावर्ती क्षेत्र महिनाथपुरमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले गोली चलाउँदा एक भारतीय किसान घाइते भएका छन् ।धनुषा जिल्लाको विदेह नगरपालिका–१ स्थित महिनाथपुर सीमा क्षेत्रमा गोली चलाइएको हो । बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको ग्रामपञ्चायत–६ मैनाथपुर क्षेत्रमा किसानहरूले खाद्य सामग्री ल्याउने क्रममा उत्पन्न विवादपछि भारतीय एसएसबीले चार राउण्ड गोली प्रहार गरेको पुष्टि भएको छ ।

गोली  प्रहारमा  भारतीय  नागरिक ४५ वर्षीय भर्ता  पासमान घाइते भएका छन् । स्थानीय  व्यापारी  लामोहन  पासमानसँगको विवादलाई  नियन्त्रणमा  लिन खोज्दा गोली प्रहार गरिएको र त्यस क्रममा भर्ता पासमानको दाहिने कम्मरमा दुई राउण्ड गोली लागेको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै नेपाली सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।घटनापछि नेपालतर्फ सशस्त्र प्रहरी बल मधेश प्रदेश अन्तर्गत छिन्नमस्ता वाहिनीका अनुसार महिनाथपुर सीमा क्षेत्र तत्कालका लागि बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट