Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

परीक्षामा आफै सहभागी भए चोरी गराउँदै ड्रिम इन्टरनेशनलका प्रिन्सिपल

परीक्षामा आफै सहभागी भए चोरी गराउँदै ड्रिम इन्टरनेशनलका प्रिन्सिपल

काठमाडौं : सप्तरीको राजविराज–७ स्थित ड्रिम इन्टरनेशनल कलेजका प्रिन्सिपल निलाम्बर कर्ण आफैं आफ्नै कलेजमार्फत एमबीए प्रथम सेमेस्टरको परीक्षा दिइरहेका छन्।मंगलबार युनिभर्सल कलेजमा सञ्चालन भएको दोस्रो दिनको परीक्षामा उनी परीक्षार्थीका रूपमा सहभागी भएका थिए।

उनीमाथि परीक्षाको बहानाम भित्रैबाट अन्य विद्यार्थीलाई उत्तर लेख्न सहयोग चोरी गराउने आरोपसमेत लागेको छ। परीक्षा केन्द्र प्रमुख डिल्लीराज खतिवडाले निलाम्बर नामका विद्यार्थी परीक्षा दिइरहेको स्वीकार गर्दै उनी कलेज प्रमुख भएको थाहा नभएको दाबी गरे।

खतिवडाले भने, ‘हामीले प्रवेशपत्र लिएर आएपछि विद्यार्थीलाई सहभागी गराउने हौ, क्याम्पस चिफ हो बिषय थाहा छैन्।’नियमले स्पष्ट रूपमा कलेज प्रमुख वा पदाधिकारीले सोही कलेजबाट परीक्षा दिन नपाउने व्यवस्था गरेको छ। तर निलम्बर कर्णले नियम थाहा हुँदाहुँदै परीक्षा दिइरहेको स्विकार गर्छन्।

उनले भने,’यसरी आफ्नै कलेजबाट परीक्षा दिन नपाइने व्यवस्था छ तर म विश्वबिद्यालयसँग छलफल गरेको छुँ।’आफ्नै कलेजबाट प्रिन्सिपल परीक्षा दिँदा उनले भित्र अन्य विद्यार्थीलाई चोरी गराउने गरेको भन्ने प्रश्न उब्जिएको छ। तर उनले चोरी गराएको विषय अस्विकार गर्छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट