Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

ठमेलबाट २ केजी सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

ठमेलबाट २ केजी सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ : प्रहरीले काठमाडौँको ठमेलबाट दुई केजी सुन र नगदसहित दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ठमेलस्थित एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीय सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान छन् ।

आरोपीहरूको साथबाट २ केजी सुन र २४ लाख नगद बरामद गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले पुष्टि गरे । चुनलिन थान डेढ महिनाअघि काठमाडौँमा आएर ठमेलस्थित होटलमा बसेका थिए । चोउ चाहिँ केही दिनअघि मात्र काठमाडाैँ आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

उनीहरू दुई जना प्रेमी प्रेमिका हुन् । सोमबार राति पक्राउ परेका आरोपीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट