रौतहट : रौतहटको गरुडा नगरपालिका–५ स्थित झाझ खोला नजिकबाट प्रहरीले ठूलो परिमाणमा प्रतिवन्धित लागूऔषध गाँजा बरामद गरेको छ। आज बिहान चन्द्रनिगाहपुरबाट गौरतर्फ जाँदै गरेको ग ३ च ६७९६ नम्बरको ब्रेजा कारबाट गरुडा प्रहरीले १३ पोकामा रहेको १३३ किलो प्रतिबन्धित लागूऔपषध गाँजा बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय गरुडाको टोलीले चेकजाँच गर्न रोक्न खोज्दा कार चालकले गाडी नरोकी हुक्याउँदै भाग्न थालेपछि प्रहरीले पछ्याउँदै जाँदा गरुडा नगरपालिका–५ झाझ खोला नजिक करिब २० फिट गहिरो झाडीमा गाडी छोडेर चालक फरार भएका छन्।
प्रहरीले गाडीलाई क्रेनको सहायताले निकालेर त्यसमा रहेको गाँजा नियन्त्रणमा लिइएको गरुडाका डिएसपी राजन कार्कीले जानकारी दिएका छन् । फरार व्यक्तिहरूको खोजी कार्य जारी रहेको डीएसपी कार्कीले बताए । गाडी छाडेर चालक फरार भए पनि सवारी चालक अनुमति पत्र र गाडीको कागजाता फेला परेको उनले बताए ।
रातो कलरको ब्रेजा कारमा प्रतिबन्ध लागुऔषध लिएर सदरमुकाम गौरतर्फ जाँदै गरेको सूचना पाएपछि गरुडा प्रहरीले चेकिङ तीब्र बनाएको थियो ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij