Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

रौतहटबाट ठुलो परिमाणमा लागु औषध बरामद

रौतहटबाट ठुलो परिमाणमा लागु औषध बरामद

रौतहट : रौतहट प्रहरीले ठुलो परिमाणमा लागु औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा चलाइएको जाँचबाट प्रहरीले ठुलो परिमाणमा आज लागु औषध गाँजा बरामद गरेको जनाएको छ ।

प्रहरीका अनुसार जिल्लाको गरुडास्थित झाझ खोला नजिकबाट प्रहरीले नेपाली नम्बरको ब्रेजा कारबाट आज गाँजा बरामद गरेको हो । चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग३च ६८९६ नम्बरको ब्रेजा कारबाट प्रहरीले लागु औषध गाँजा बरामद गरेको जानकारी दिएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाको टोलीले जाँच गर्न कार रोक्न खोज्दा कार चालकले गाडी लिएर भाग्न थालेपछि प्रहरीले पछ्याउँदै जाँदा गाँजा बरामद गरेको हो । रौतहट प्रहरी प्रमुख नेत्रमणि गिरीका अनुसार अहिले गाडीबाट गाँजा निकाल्ने काम भइरहेको छ, त्यो सबै काम सकिएपछि पत्रकार सम्मेलनमार्फत सबै यथेष्ट जानकारी दिइनेछ ।

उनका अनुसार ब्रेजा कारमा लागु औषध लिएर सदरमुकाम गौरतर्फ जाँदै गरेको सूचना गरुडा प्रहरीमा आएको थियो। त्यही सूचना अनुसार जाँच गर्दा प्रहरीलाई सफलता मिलेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट