Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

प्रेमिकाले छुरी प्रहार गरी प्रेमीको हत्या गरेको आरोपमा २१ वर्षीया जुली पक्राउ

प्रेमिकाले छुरी प्रहार गरी प्रेमीको हत्या गरेको आरोपमा २१ वर्षीया जुली पक्राउ

महोत्तरी : प्रेमिकाले छुरी प्रहार गरी प्रेमीको हत्या गर्ने प्रेमिका २१ वर्षीया जुली पक्राउ परेका छन् ।जनकपुरधामको ‘होटेल एसपी एण्ड गेष्टहाउस’ मा शनिबार राति छुरा प्रहार गरी हत्या गरिएका महोत्तरी गाउँपालिका १ का ३२ वर्षीय विमलेश यादवको हत्या आरोपमा महोत्तरी बनौटा घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका–४ बस्ने २१ वर्षीया जुली झा पक्राउ परेकी छिन।

शनिबार राति पौने १० बजे होटलको १०२ नम्बर कोठामा प्रवेश गरेका उनीहरू पाँच घण्टापछि यादवलाई रक्ताम्मे र नग्न अवस्थामा फेला पारिएको हो। घटनापछि झा फरार भएकी थिइन् भने यादव उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएका हुन्।तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूबीच आर्थिक लेनदेनको विवाद हुँदा हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। मृतक यादव विवाहित थिए र दुई सन्तान छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट