Logo

Oct 16 2026 | २०८३, आश्विन ३०गते

लाङ्दी पहिरो : दम्पतीको शव भेटियो

लाङ्दी पहिरो : दम्पतीको शव भेटियो

पर्वत : मोदी गाउँपालिका–३ देउरालीको लाङ्दी पहिरोमा पुरिएका दम्पतीको शव भेटिएको छ । छविलाल विश्वकर्मा र उनकी ७६ वर्षीया श्रीमती विष्णुमतिको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।गएरातिको पहिरोमा विक दम्पती परेका छन् ।

गएराति देखि  पर्वतलगायत  आसपासका  क्षेत्रमा  निरन्तर  वर्षा भइरहेको छ । यस क्षेत्रका  मोदी, पाती, सेती, मल्याङ्दी, लमाए  खोला र कालीगण्डकी  जलसतह  बढेको छ ।स्थानीय प्रशासनले नदी तथा खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट